अन्तर्राष्ट्रिय बजारमा अस्थिरता बढेसँगै स्थानीय सुनचाँदी सस्तो, एकैदिन मूल्यमा उल्लेखनीय गिरावट

User Image Prime TV News एक महिना अगाडि
Image of अन्तर्राष्ट्रिय बजारमा अस्थिरता बढेसँगै स्थानीय सुनचाँदी सस्तो, एकैदिन मूल्यमा उल्लेखनीय गिरावट

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको तीव्र उतार–चढावको प्रभाव आज स्थानीय बजारमा प्रत्यक्ष देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार सार्वजनिक गरेको दरअनुसार, बिहीबारको तुलनामा सुन र चाँदी दुवैको मूल्य घटेको हो। महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेर २ लाख ४१ हजार ७०० मा पुगेको छ।

उस्तै, चाँदी प्रतितोला ८५ रुपैयाँले घटेर ३१ सय मा झरेको छ। पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताले घरेलु बजारमा पनि मूल्य घटबढ तीव्र रूपमा परिरहेको व्यवसायीहरूको भनाइ छ।

आगामी दिनमा पनि अन्तर्राष्ट्रिय बजारको उतार–चढावले स्थानीय मूल्यमा प्रभाव पारिरहने भएकाले दर स्थिर हुन समय लाग्न सक्ने व्यवसायीहरूको अनुमान छ।