आज मतदाता नामावली दर्ताको अन्तिम दिन

User Image Prime TV News ३ महिना अगाडि
Image of आज मतदाता नामावली दर्ताको अन्तिम दिन

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने अवधि आज सकिँदैछ।

निर्वाचन आयोगले आजको कार्यालय समयभित्र मात्र दर्ता प्रक्रिया सञ्चालन हुने भन्दै योग्य नागरिकलाई बाँकी समयमै नाम सूचीकृत गराउन आग्रह गरेको छ। आयोगले यसअघि दर्ताका लागि कात्तिक ३० गतेसम्म समय तोकेको थियो।

तर देशभरका दर्ता केन्द्रमा नागरिकको भीड बढेपछि ५ दिन समय थप गरिएको थियो । जसको अन्तिम मिति आजै समाप्त हुँदैछ। अन्तिम दिन नजिकिँदै गर्दा धेरै ठाउँमा दर्ता केन्द्रमा भिड बढेको बताइएकाे छ।

आयोगका अधिकारीहरूका अनुसार दर्ता अवधि सकिएसँगै मतदाता नामावलीको अन्तिम परिमार्जन, विवरण प्रमाणीकरण र अन्तिम सूची प्रकाशन प्रक्रिया सुरु हुने छ। आगामी चुनावमा सहभागी हुन इच्छुक सबै योग्य नागरिकलाई आयोगले आवश्यक कागजातसहित नजिकको मतदान कार्यालयमा पुगेर आजै दर्ता गराउन पुनः अनुरोध गरेको छ।

आयोगका अनुसार अब मतदाता नामावली अद्यावधिकका लागि अर्को चरण चुनावपछिमात्र सम्भव हुनेछ।