शिक्षा मन्त्री महावीर पुन असन्तुष्ट, प्रमुखहरूमा सेवा पक्षपातको गुनासो
Prime TV News १७ घण्टा अगाडि 
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुखहरूमाथि असन्तुष्टि व्यक्त गरेका छन्।
मन्त्रीका अनुसार जिल्लाबाट शिक्षकहरूलाई प्रदान गरिने सेवा निष्पक्ष नभएको गुनासो आएको बताए । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “प्रमुखज्यूहरूले शिक्षकहरूलाई दिनु पर्ने सेवा निष्पक्षतापूर्वक दिनुपर्छ।
केही प्रमुखज्यूहरूले पक्षपातपूर्ण तरिकाले काम गरेको गुनासो आएको छ। मन्त्रीको कुर्सीमा बसेपछि मैले सबैको गुनासो सुन्नुपर्छ र बेथिति हटाउनुपर्छ।” मन्त्री पुनको यो कदमले जिल्ला शिक्षा इकाइमा सेवा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने प्रयास भएको जनाइएको छ।
उनले प्रमुखहरूलाई शिक्षकहरूको हक र सेवामा कुनै प्रकारको भेदभाव नगर्न स्पष्ट निर्देशन समेत दिएका छन्।













