जेनजी आन्दोलनप्रति क्यानडामा रहेका नेपालीहरुको ऐक्यबद्धता

User Image Prime TV News ३ हप्ता अगाडि
Image of जेनजी आन्दोलनप्रति क्यानडामा रहेका नेपालीहरुको ऐक्यबद्धता

काठमाडौ । देशको राजनीतिमा जेनजी पुस्ताको दुई दिनको आन्दोलनले ल्याएको अभूतपूर्व परिवर्तनपछि विदेशमा रहेका जेनजी पुस्ताका युवाहरु पनि सक्रिय बन्न थालेका छन् । क्यानडालगायत बिभिन्न देशमा रहेका जेनजी पुस्ताहरुले नेपालमा भएको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल र नेपालीको प्रगति र उन्नतिको कामना गरेका छन् ।

क्यानडाको टोरन्टोमा जेनजी आकाश गौतमको नेतृत्वमा भएको कार्यक्रममा सहभागीहरुले नेपालमा भएको जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको परिवर्तन, विकास र उन्नति नै जेनजीको चाहना भएकोले विदेशमा बसेर अहिलेको पुस्ताको आवाजलाई सक्दो सहयोग गर्नु पर्ने बताए ।

धेरै ठूलो संख्यामा भेला भएका नेपाली नागरिकहरुले नेपालमा चाँडै स्थायी शान्तिको कामना गर्दै अहिले भएको परिवर्तन संस्थागत गर्न विदेशमा रहेका नेपाली नागरिक र अझ बढी युवाहरुले हरतरहले सहयोग गर्नु बताए ।

नेपालमा अहिले भएको परिवर्तनलाई संस्थागत गर्न पनि सबै पक्ष सचेत हुनु पर्ने बताउदै अब पनि नेपाली जनताले आन्दोलनका लागि हात उठाउनु पर्ने अवस्था आउन दिन नहुने बताए । कार्यक्रमको नेतृत्व गरेका आकाश गौतमले नेपालमा भइरहेको गतिविधिप्रति विदेशमा रहेका सबै युवा सचेत हुनुपर्ने धारणा राख्दै निरन्तर खबरदारीका लागि पनि आफुहरु तत्पर रहेको बताए ।

कार्यक्रममा नेपालको आन्दोलनमा दिवंगत भएका युवाका साथै बिभिन्न नागरिकको आत्माको चीर शान्तिको कामना गर्दै द्धीप प्रज्वलन गरिएको थियो ।