सहकारी पीडितद्वारा समस्याग्रस्त सहकारी समिति कार्यालय तोडफोड
Prime TV News १५ घण्टा अगाडि 
काठमाडौ । सहकारीमा बचत रकम फिर्ता नपाएकाले विरोध प्रदर्शनमा उत्रिएका सहकारी पीडितले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी समिति कार्यालयको गेट तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरूले कार्यालयमा पुगेर नाराबाजी गरेका थिए र गेटबाट भित्र प्रवेश गर्ने क्रममा तोडफोड भएको हो। घटनास्थलमा प्रहरी परिचालन गरिएको छ र करिब डेढ दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ।
पीडितहरूले तत्काल रकम फिर्ता गर्नुपर्ने र सहकारी ठगलाई सरकारले संरक्षण गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका छन्।













