एमालेले ‘युथ भोलिन्टियर फोर्स’ को घोषणा, ११ सदस्यीय केन्द्रीय कमाण्ड
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले आफ्नो नयाँ युवा संरचना ‘युथ भोलिन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा गरेको छ।
काठमाडौंको माइतीघरस्थित कार्की बैंक्वेटमा आयोजित विशेष कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमान्ड सार्वजनिक गरेका हुन्। घोषित संरचना अनुसार पुष्पराज श्रेष्ठ युथ भोलिन्टियर फोर्सको केन्द्रीय कमाण्डरको जिम्मेवारी तोकिएको छ ।
कार्यक्रममा ढकालले संगठनले युवालाई सामाजिक सेवा, विपद् व्यवस्थापन तथा जनसहभागितामूलक अभियानमा सक्रिय रूपमा परिचालन गर्ने उद्देश्य रहेको बताए। एमालेले हालसालै आन्तरिक संगठन मजबुत बनाउन विभिन्न जनसंगठनहरू पुनर्संरचना गर्दै आएको छ।
युथ भोलिन्टियर फोर्सको औपचारिक संरचना घोषणा पनि सोही अभियानको हिस्सा बताइएको छ । युथ भोलिन्टियर फोर्सको कमाण्डर बनाइएका श्रेष्ठ विवादीत पृष्टभूमि रहेको पाइएको छ । उनलाई ज्यान मार्ने देखि अपहरण लगाएतका विभिन्न मुद्दा चलिरहेको वताइएको छ ।













