राष्ट्रपति पौडेलद्वारा विशेष सेवा ऐन संशोधन अध्यादेश जारी
Prime TV News १३ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ मंगलबार प्रमाणीकरण गरिएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
उक्त सिफारिसअनुसार नै राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन्। नयाँ अध्यादेशमार्फत राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाट हटाएर गृह मन्त्रालय मातहत ल्याइने व्यवस्था गरिएको छ।
यसअघि सरकारले राअविसहित राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई पूर्ववर्ती संरचनामा फर्काउने निर्णय गरेको थियो। तर कानुनी स्पष्टताका अभावमा राअवि मात्र प्रधानमन्त्री कार्यालय मातहतै रहेको थियो। अध्यादेश जारी भएपछि राअवि औपचारिक रूपमा गृह मन्त्रालय मातहत सञ्चालन हुने मार्ग खुलेको छ।













