प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता
Prime TV News १३ घण्टा अगाडि 
काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भएको जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा र राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ७ वटा दल दर्ता भएको जानकारी दिए । त्यस्तै आयोगमा हालसम्म दर्ता भएका दलको संख्या १ सय २६ पुगेको र ३० दल दर्ता प्रक्रियामा रहेको जानकारी दिए ।
निर्वाचनका लागि सुरक्षा, व्यवस्थापकीय लगाएतका कामलाई कार्ययोजना बनाएर नै काम गरिरहेको पनि आयोगले जनाएको छ । त्यस्तै प्रवक्ता भट्टराईले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम गर्ने प्रवक्ता भट्टराइले वताए ।
आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गते सच्चाउन सकिने जानकारी दिए । विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको भनाई छ ।













