राष्ट्रपति पौडेलको आग्रह: संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन प्रयत्नशील छु


काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई विद्यमान परिस्थितिबाट निकास दिन आफू संवैधानिक सीमाभित्र रहेर सबै सम्भव प्रयास गरिरहेको बताएका छन्।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले हालको राजनीतिक र सामाजिक परिस्थितिबारे चिन्ता व्यक्त गर्दै लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न आवश्यक छलफल र प्रयासहरू जारी रहेको उल्लेख गरेको हो।
जेनजी आन्दोलनका नाममा काठमाडौंलगायत देशका विभिन्न स्थानहरूमा भइरहेको विरोध प्रदर्शन र त्यसप्रति व्यापक जनसरोकार देखिएपछि राष्ट्रपति पौडेलले विज्ञप्ति सार्वजनिक गरेका हुन्। उनले आन्दोलनकारीहरूका मागप्रति राज्य गम्भीर रहेको र समस्याको यथाशीघ्र समाधान खोजिने विश्वास दिलाएका छन् ।
“नागरिकहरूको भावना र अभिव्यक्तिप्रतिको संवेदनशीलता सहित मुलुकमा स्थायित्व र शान्तिको स्थापना हाम्रो साझा लक्ष्य हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रपतिले सबै पक्षलाई संयमता अपनाउन र शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न अपिल गरेका छन्।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा परी हालसम्म ३४ जनाको मृत्यु भइसकेको छ। सो घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।
प्रधानमन्त्रीको राजीनामापछि अन्तरिम सरकार गठनकालागि छलफल जारी रहेको जनाइएको छ।
राष्ट्रपतिद्धारा जारी विज्ञप्ती: