थाहा पाउनुहोस् तपाईको आजको राशिफल
Prime TV News एक घण्टा अगाडि 
श्रीरामं सहलक्ष्मणं सकरुणं सीतान्वितं सात्तिकं,वैदेहिमुखपद्यलुव्धमधुपं पौलस्त्यसंहारकम् ।
वन्दे पद्यपदाम्बुजं सुरबरं भक्तानुकम्पाकरं, शत्रुघ्नेनहनूमता च भरतेनासेवितं राघवं ।।
जुन भगवान करुणका सागर हनुहन्छ, जसका चरणकमल वन्दनिय छन ,लक्ष्मणकासाथ रहदै भक्त हरुलाई अनुकम्प गर्ने माता वैदेही जनकननन्दिनिका मुखकमलमा स्रिग्धभावले हेरिरहने ,शत्रुघ्न,हनुमान,भरतले सेवित,पुलस्त्यकुलका संहार गर्ने भएका सत्स्वरुप सुरश्रेष्ठ राघवेन्द्र श्रीरामचन्द्रलाइ म वन्दना गर्दछु ।
आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल मार्गशीर्षशुक्लपक्ष द्वितीया तिथि ज्येष्ठा नक्षत्र मंसिर महिनाको ६ गते आज शनिवार तदनुसार २२ नोभेम्वर २०२५ तैतिल करण मुशल योग, बृश्चिक राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २६ घडि ३१ पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ३१ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर ७ मिनेट साझमा रहेको छ ।
आजको राशिफल:-
मेषः– आज तपाईको खर्च बढनाले अर्थ अभाव देखा पर्न सक्छ । रोकिएका कार्यहरु दोहोर्याएर प्रयत्न गनुपर्ला । टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्ने छ नयाँ कामको प्रारम्भ हुने समय छ । तर आलोचकहरुले आत्मासम्मानमा चोट पुर्याउन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी सम्हाल्नु पर्ला । मध्यन्नपछि उपहारका साथै धनलाभ हुने सम्भावना रहेको छ । बिद्यर्थी वर्गलाइ भने आजको दिन सोचेजस्तो रहनेछ ।
वृषः– विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ मान सम्मान र पद प्रतिष्ठा पाइने समय छ । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन् । नोकरी तथा राजनीति गर्नेहरुलाई विशेष लाभ मिल्न सक्छ उद्योग धन्दामा सफलता पाइने छ । रोग र शत्रुवाट पनि छुटकारा पाइएला । सुख दुःखमा साथ दिनेहरु प्रशस्तै भेटिनेछन् । झुठा आश्वासन दिनेहरुबाट टाढा रहनु होला । आश मरेका काम बन्नाले उत्साह जाग्नेछ । वादविवादबाट अलग्यै रहन सके आजको दिन राम्रो रहने छ ।
मिथुनः– आज शुभारम्भमा अवसर प्राप्त भएपनि तत्काल उपलब्धि नहुन सक्छ । अरुका जिम्मेवारी जस्ता कामहरु समेत गर्नु पर्ला तापनि लगनशीलताले फाइदा दिलाउने छ । मिहिनेत गर्दा नाम, र दाम प्राप्त हुनेछ व्यवसायमा राम्रो लाभ हुने देखिन्छ । आफ्नो अहँ भावनाले केही लाभांश वाहिरिने सम्भावना देखेपनि वैदेशिक यात्राको प्रक्रिया अघि बढने छ भने पछिका लागि गरिएको लगानीले फाइदा दिने छ साथै पारिवारीक जमघटले मन प्रफूल्लित हुने छ ।
कर्कटः– आज परिश्रम परेपनि विगतका कमजोरीहरुलाई सच्याउदै नयाँ अवसर जुटाउन सफल भइएला आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरङ्गहरु समाप्त हुनेछन् । विशिष्ट व्यक्तिको सहयोग जुटनाले राम्रै अवसर पाइनेछ । लगनशिलताले गुमेको स्थान दिलाउनेछ । दिगो फाइदा हुने काम शुभारम्भ गर्न सकिने छ । नोकरी तथा व्यवसायमा आम्दानी बढने समय छ । मध्यान्ह पछि अवसरवादीले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्ठा गर्न सक्छन् । फजूल खर्चले मन खिन्न बनाउला ।
सिंहः– विभिन्न अवसर प्राप्त भएपनि आफ्नो मिहिनेतवाट अरुले फाइदा उठाउने चेष्टा गर्लान् । पहिले गरिएका कार्यहरु नमिल्नाले समस्या आउन सक्छ ठूलो भागको मोहमा आफ्नो वस्तु समेत गुम्न सक्ने देखिन्छ संघर्षमा उत्रनु परेपनि काम बन्नेछन् आफ्नो जिवनशैलीमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ । उठनुपर्ने रकम आउनेछन् तर केही चिजहरु त्याग्नु पर्ने देखिन्छ अरुका लागि समय खर्चनुपर्ला मध्यान्ह पछि भने एउटै कामवाट दोहोरो फाइदा हुने देखिन्छ ।
कन्याः– प्रारम्भमा चिताएका काम बन्नाले मनग्गे लाभ मिःल्नेछ । प्रियजनका साथ रमाइलो यात्रा गर्ने अवसर जुटन सक्छ तर अरुकै काममै समय खर्चनु पर्ला कामको चापले व्यस्त रहने छ स्वास्थ्यमा ध्यान पुर्याउनु होला परिस्थिति अनुकूल रहेपनि सुख दुःखमा साथ दिनेहरु थोरै हुनेछन् । आफ्ना काममा अवरुद्ध बन्न सक्छन् । परिस्थितिले संघर्षको पथमा हिडाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनााले हर्ष बढनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ ।
तुलाः– परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिने छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न समय पर्खनु पर्ला उपलब्धि विहीन काममा समय बित्ने छ । आश्वासन दिनेहरुले झुक्याउनेछन् । आफ्नो श्रमवाट अरुले फाइदा उठाउलान् । धन अभाव देखिएपनि तत्कालको समस्या टर्ने छ । आफ्नो कमजोरिले नै स्वतन्त्रतामा बाधा पु¥याए पनि अपरान्हपछि फाइदा हुने छ । प्रतिफल अनिश्चित रहेपनि काममा निरन्तरता दिदा लाभ मिल्नेछ ।
वृश्चिकः– प्रारम्भमा केही चुनौती देखिएपनि प्रयत्न गर्दा समस्याको जड पत्ता लाग्नेछ । अप्ठयारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला अरुको स्वार्थका उपयोग भइने सम्भावना भएकाले सजग रहनुहोला । अवसरका लागि जोखिमपूर्ण काममा जुटनु पर्ने परिस्थिति आउन सक्छ । उत्तरार्धमा केही अवसर प्राप्त हुनेछन् । सुख दुःखमा साथ दिनहरु पनि फेला पर्नेछन् । लगनशीलताले समस्या सुल्झीनेछन् भने सामाजिक प्रतिष्ठा पनि प्राप्त हुनेछ । खर्च लागेपनि आयस्रोत बढाउन सक्ने योग रहेको छ ।
धनुः–आज प्रारम्भमा मन मिल्ने साथी भेटनुका साथै प्रेमको प्रस्ताव आउने सम्भावना देखिन्छ । मध्यान्हपछि परिस्थिति वस समस्यामा परिएला विरोधीहरु बढनाले चुनौतिहरु देखा पर्न सक्छन् । नजिकका साथी भाई टाढिनाले पनि समस्या बढन सक्छ । स्वास्थ्यमा कमजोरी देखा पर्ने छ । अर्थ अभावले आटेको काम स्थगित हुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरुले उठाउन सक्छन् । तापनि अपरान्हदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ । मिहिनेत गर्दा पद प्रतिष्ठा प्राप्त हुन सक्छ ।
मकर:– भौतिक साधनमा लगानी गरेपनि मिहिनेत गर्दा दिगो फाइदा जुटनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । संघर्ष पश्चात अधिकार र प्रतिष्ठा जोगाउन सफलं भइनेछ । मध्यान्ह पश्चात कामको चापवाट फुर्सद पाइनेछ । यात्रा गर्ने अवसरका साथै अतिथिका रुपमा सम्मान समेत पाइनेछ तर अरुका विषयमा बोल्ने बानीले समस्या निम्त्याउला आफ्ना सूचना बाहिरिनाले दुःख पाइनेछ । लामो यात्राको समय पनि रहेको छ साथै परिबन्धले अनावश्यक झमेला थपिन सक्छ ।
कुम्भ:– समयको माग अनुसार चल्न नसक्दा पछि परिनेछ । अरुका लागि वुद्धि र श्रम खर्चनु पर्ने स्थिति आउन सक्छ । हल्लाको भर पर्दा दुःख पाइने छ भने मिहिनेत गर्दा विस्तारै प्रगति हुनेछ । मध्यान्ह देखि विघ्न बाधाहरु हटनेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ प्रतिस्पर्धिलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यातित हुनेछ खेलकुद जस्ता मनोरन्जनमा जुटदा प्रशस्तै यात्रा गर्ने अवसर जुर्न सक्छ ।
मीन:– कृषि तथा पशुपालनमा फाइदा हुनेछ पुराना सम्झौता तोडनुपर्ने आवश्यकता पर्न सक्छ दिगो योजनाका साथ अघि बढदा विस्तारै लाभ मिल्नेछ । अरुको व्यवहारले शंका उब्जाएपनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि पशु धन र अचल सम्पतिको उपयोग हुन सक्छ । मध्यान्हदेखि केही बाधा आउला तापनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यमा जुटदा दिगो फाइदा हुनेछ ।
–ज्यो.आचार्य घटराज निरौला













