एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै
Prime TV News ३८ मिनेट अगाडि 
काठमाडौ । नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । बागमती प्रदेश कमिटीको आयोजनामा हुने भनिएको ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’लाई एमालेले शक्ति प्रदर्शनको रूपमा प्रस्तुत गर्न लागेको हो ।
संसद् विघटन र सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै एमालेले सडकबाट कडा विरोध देखाउने दाबी गरेको छ। पार्टी शीर्ष नेताहरूले अहिलेको सत्ता व्यवस्थालाई नै अस्थिरताको मूल कारण ठहराउँदै जनतासामु आफ्नो शक्तिको प्रमाण दिने प्रयत्न गरिरहेको बताएका छन् । एमाले नेता महेश बस्नेतले आजको प्रदर्शनमा लगभग ६० हजार मानिस सहभागिता जनाउने दाबी गरेका छन्। यसअघि एमालेले ‘नेशनल भोलेन्टियर फोर्स’ घोषणा गर्दै कार्यकर्तालाई संगठित बनाउने तयारी गरेको थियो।












