‘जेनजीसँग नेकपा’ कार्यक्रम आज, प्रचण्डसहित शीर्ष नेताहरू सहभागी
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । वाइसीएल नेपालले आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा ‘जेनजीसँग नेकपा’ शीर्षकको विशेष कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रम मध्याह्न १२ बजेबाट सुरु हुने तय गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड रहनेछन्। प्रचण्डसँगै पार्टीका शीर्ष नेताहरू समेत उपस्थिति जनाउने तयारीमा छन्।
यो कार्यक्रम खासगरी जेनजीका युवासँग संवाद र अन्तरक्रियामा केन्द्रित छ। राजनीति प्रति जेनजीहरुको दृष्टिकोण र पार्टीले सम्हाल्नुपर्ने भूमिकाबारे छलफल हुने बताइएको छ ।












