आगामी निर्वाचनमा युवालाई अवसर दिने प्रचण्डको घोषणा

User Image Prime TV News १ हप्ता अगाडि
Image of आगामी निर्वाचनमा युवालाई अवसर दिने प्रचण्डको घोषणा

काठमाडौ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले अब पुरानै अनुहार घुमाइरहने परम्परालाई तोडेर आगामी निर्वाचनमा युवालाई ठूला अवसर दिने घोषणा गरेका छन्।

वाईसीएल नेपालले शनिबार पेरिसडाँडामा गरेको कार्यक्रममा प्रचण्डले पार्टी र देश दुवैको नेतृत्व अब पुराना पुस्ताबाट नयाँ पुस्तातर्फ सर्ने बेला आएको खुलेर बताए।

उनका अनुसार पार्टीभित्र आगामी चुनावका लागि उम्मेदवार छान्दा युवालाई अगाडि ल्याउने, पार्टी कमिटीहरूमा उनीहरूको सहभागिता बढाउने विषयमा गम्भीर छलफल भइरहेको वताए र 

प्रचण्डले नेतृत्व तयार पार्न युवालाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा सुदृढ बनाउने योजनासमेत सार्वजनिक गरे । विगतका गल्ती र कमजोरी स्वीकार गर्दै प्रचण्डले नयाँ पुस्ताले देखाएको ऊर्जाले आफूहरूलाई बदलिन, सुधारिन र नयाँ शैलीमा अघि बढ्न बाध्य बनाएको बताए।

‘हामी पुरानो पुस्ताले अब नयाँ पुस्ताको नेतृत्व निर्माणमा लाग्नैपर्छ,’ प्रचण्डले भने। ‘जिम्मेवारी हस्तान्तरण गर्न ढिलो गरियो भने इतिहासले नै कठोर प्रश्न सोध्छ।’

उनले अनुसार जेनजी पुस्तादेखि विस्तृत युवा समुदायले उठाएका मागहरू पार्टीका मूल आदर्शसँग मिल्ने भएकाले अब उनीहरूलाई अग्रपंक्तिमा ल्याउनुपर्ने बताए ।