नेत्रहीन महिला टी–२० विश्वकपको उपाधि आज टुङ्गिदै, नेपाल र भारत आमनेसामने

User Image Prime TV News एक महिना अगाडि
Image of नेत्रहीन महिला टी–२० विश्वकपको उपाधि आज टुङ्गिदै, नेपाल र भारत आमनेसामने

काठमाडौ । नेत्रहीन महिला टी–२० विश्वकपको पहिलो संस्करण आज सकिदैछ। श्रीलंका र भारतले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा नेपाल र भारत एक अर्कासँग भिड्न तयार छन्।

उपाधि मुकाबला आइतबार बिहान १० बजे कोलम्बोको सारा क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलको यात्रा पुरा गरेको हो।

सेमिफाइनलमा पाकिस्तानले दिएको १७० रनको लक्ष्य नेपालले १७ ओभरमै पार गर्दै ७ विकेटको ठोस जित हात पारेको थियो। पाकिस्तानले ६ विकेट गुमाउँदै १६९ रन बनाएको थियो, तर नेपालको ब्याटिङ पाकिस्तानको बलिङका लागि रोक्नै नसकिने अवस्था बन्यो।

भारतले पनि आफ्नो सेमिफाइनलमा कुनै दया देखाएन। उसले अस्ट्रेलियालाई ९ विकेटले पाखा लगायो। अस्ट्रेलियाले दिएको ११० रनको लक्ष्य भारतले ११ ओभर ५ बलमै काट्दै फाइनलमा प्रवेश गर्‍यो।

अब नेपाल र भारतबीचको फाइनलमा कठोर प्रतिस्पर्धा हुदैछ। नेपालले आफ्ना पछिल्ला प्रदर्शनले उपाधि जित्ने क्षमता देखाइसकेको छ भने भारतले आफ्नो अनुभव र बलियो संरचनासहित दबाब बनाउन सक्नेछ।

यो विश्वकप पहिलो पटक आयोजित भएकाले यसको विजेता इतिहासमा नाम लेखाउनेछ।