बाबुराम,जनार्दन र सन्तोष परियार समूह बिच आज एकता हुदै

User Image Prime TV News १ हप्ता अगाडि
Image of बाबुराम,जनार्दन र सन्तोष परियार समूह बिच आज एकता हुदै

काठमाडौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल (नेसपा), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी त्याग गरेका सन्तोष परियार समूह बिच आज एकता हुदैछ ।

तीन पक्षबीचको एकताको घोषणा बिहान ११ बजे राष्ट्रिय सभा गृहमा गर्ने तयारी भएको बताइएको छ। एकतापछि गठन हुने पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी राखिने बताइएको छ । 

यो नाम चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भइसकेको नेताहरूले जानकारी दिएका छन्। चुनाव चिह्न नेसपाले प्रयोग गर्दै आएको ‘आँखा’ नै रहनेछ भने नयाँ झण्डा भने अझै टुंगोमा पुगेको छैन।

महाधिवेशनसम्मका लागि विभिन्न क्षेत्र र समुदायको सहभागिता रहने गरी करिब पाँच-छ जना नेतृत्व रहने सामूहिक अध्यक्षमण्डल बनाउने सहमति भएको छ ।