जेनजीहरुले विराटनगरमा महेश बस्नेत सबार गाडीमा रातो मसी फ्याँके , दुई जना पक्राउ

User Image Prime TV News एक महिना अगाडि
Image of जेनजीहरुले विराटनगरमा महेश बस्नेत सबार गाडीमा रातो मसी फ्याँके , दुई जना पक्राउ

काठमाडौ । मोरङको विराटनगरमा महेश बस्नेतमाथी दुर्ब्यवहारको प्रयास भएको छ । महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जानिरहेका बेला एयरपोर्ट लाइनको सडकमा दुई जेनजी युवाले उनको गाडीमा रातो मसी फ्याँकेका थिए।

घटना अनुसार, महेश बस्नेत सवार गाडीलाई प्रहरी भ्यानले पछ्याइरहेका बेला सडक किनारबाट दगुर्दै आएका युवाले गाडीमा मसी छ्यापेका थिए। बस्नेतको गाडी तत्क्षण रोकेको थियो र प्रहरीले घटनामा संलग्न १९ वर्षीय अरजित कुँवर र २५ वर्षीय संजोग गौतमलाई नियन्त्रणमा लिएको छ।

दुई युवालाई प्रहरीले मोरङ जिल्लाको प्रहरी कार्यालयमा राखेर सोधपुछ गरिरहेको छ। पक्राउ परेका युवकहरू विराटनगर-२ र विराटनगर-१ का स्थायी बासिन्दा हुन्। अनुसन्धानका क्रममा, संजोग गौतमले महेश बस्नेत र एमालेको विरोध स्वरूप मसी फ्याँकिएको जानकारी दिएका छन्।

घटनाका क्रममा प्रहरी भ्यानमा राखिएका युवाहरूले महेश बस्नेतविरुद्ध नारा लगाएको भिडियो पनि सामाजिक मिडियामा देखिएको छ । महेश बस्नेतले घटनाको बारेमा प्रतिक्रिया दिँदै भने, "एयरपोर्टबाट निस्किँदा दुई जना केटाले लुकेर बेलुनमा पानी र अबिर भरि मसी फ्याँकेका थिए। हामीलाई केही नगरी प्रहरीले समायो, र हामी आफ्नो कार्यक्रमको लागि अघि बढ्यौं।" केही दिन अघि पनि सिमरामा जेनजीहरुले बस्नेत विरुद्ध विरोध गरेका थिए ।