नेपाली कांग्रेसले निर्वाचनका लागि दल दर्ताको निवेदन आयोगमा दर्ता गरायो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले राष्ट्रियसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागिताका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।
आइतबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा उपस्थित भएर दर्ता निवेदन बुझाएको कांग्रेसले जनाएको छ। कांग्रेसले शनिबार बसेको पार्टी पदाधिकारी बैठकले आगामी दुवै निर्वाचनमा सक्रिय रूपले सहभागी हुने निर्णय गरेको थियो।
त्यस निर्णयको कार्यान्वयनस्वरूप आइतबार दल दर्ता प्रक्रिया अघि बढाइएको हो। यसै बिच आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता निवेदन बुझाउने आज नै अन्तिम म्याद थियो। कांग्रेसले समयमै प्रक्रिया पूरा गर्दै आफ्नो सहभागिता औपचारिक बनाएको छ।
आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि भने दल दर्ता निवेदन बुझाउन मंसिर १० गते सम्म समय बाँकी छ।













