नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य उक्लियो, छापावाल सुन २ लाख ४४ हजार ६ सय
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य आज उल्लेखनीय रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन तोलामा २ हजार ९०० रुपैयाँले वृद्धि भएको हो। आइतबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ४४ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ।
गएको शुक्रबार सोही सुन २ लाख ४१ हजार ७०० रुपैयाँ मा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ। चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भई आज प्रतितोला ३ हजार १३५ रुपैयाँ मा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला ३ हजार १०० रुपैयाँ मा किनबेच भएको थियो। सुन–चाँदीमा आएको वृद्धि पछिल्ला केही दिनयताको अन्तर्राष्ट्रिय बजारको उतार–चढाव तथा स्थानीय बजारको माग–आपूर्तिको कारण रहेको व्यापारीहरू बताएका छन् ।













