प्रगतिशील लोकतान्त्रिक पार्टी गठन

User Image Prime TV News एक महिना अगाडि
Image of प्रगतिशील लोकतान्त्रिक पार्टी गठन

काठमाडौ । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र रास्वपा छाडेका नेता सन्तोष परियारलगायतको नेतृत्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा घोषणा गरिएको छ ।

आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रममा नयाँ पार्टीको घोषणा गरिएको हो। पार्टीले आफ्नो चुनाव चिन्हको रूपमा ‘आँखा’ प्रयोग गर्ने बताइएको छ, जुन पहिल्यै नेसपा नयाँ शक्ताले प्रयोग गर्दै आएको थियो।

पार्टीको नेतृत्व संरचनामा ७ सदस्यीय अध्यक्ष मण्डल रहने जानकारी दिइएको छ। यस पार्टीको गठन कात्तिक २८ गते भएको सहमतिमाथि आधारित रहेको बताईएको छ ।

जसमा बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरेका नेता सन्तोष परियारलगायतले एकता गर्ने सहमति गरेका थिए।