विश्व हिन्दु महासंघले ग्लोवल हिन्दु बास्केट फण्ड खडा गर्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of विश्व हिन्दु महासंघले ग्लोवल हिन्दु बास्केट फण्ड खडा गर्ने

काठमाडौ । विश्व हिन्दुमहासंघको अन्तर्राष्ट्रिय सम्मेलनले नेपालमा हिन्दु राज्यको पहिचानलाई पुन कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

भारतको उत्तर प्रदेश गोरखपुरमा हालै सम्पन्न भएको सम्मेलनले सो प्रस्ताव पारित गरेको हो । बैठकमा विश्व हिन्दु महासंघ नेपालले  हिन्दु राज्यको पहिचान पुन कायम गर्ने प्रस्ताव राखेको थियो । नेपालको सो प्रस्तावलाई भारतीय च्याप्टरले समर्थन गरेको  हो ।

यस्तै बैठकले नेपाल भारत विच धार्मिक पर्यटनकोलागि सहकार्य गर्ने निर्णय समेत गरेको छ । यसका लागि नेपाल पर्यटन बोर्ड, नेपाल ट्राभल्स लगाएत संग सहकार्य गर्ने पनि महासंघले जनाएको छ ।

हिन्दु संघ संस्थाहरुलाई सवल र सक्षम बनाउनकालागि एक ग्लोवल हिन्दु बास्केट फण्ड खडा गर्ने समेत सम्मेलनले निर्णय गरेको छ ।