पत्रकार दिपेन्द्र खनिया बानेश्वरस्थित निवासमा मृत फेला
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पत्रकार तथा ‘रेडियो अडियो’का संस्थापक दिपेन्द्र खनिया बानेश्वरस्थित आफ्नो निवासमा मृत अवस्थामा फेला परेका छन्।
प्रारम्भिक जानकारी अनुसार उनकाे मृत्यु आत्महत्याको आशंकामा परेको छ भने वास्तविक कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ। खनिया परिवारसँग बस्दै आएका थिए र उनी एक छोरी तथा श्रीमतीसहित बस्दै आएका थिए।
रेडियो पत्रकारितामा स्थापित नाम मानिने खनियाले २०६३ सालदेखि हास्यव्यंग्य आधारित रेडियो कार्यक्रम सञ्चालन गर्दै दर्शक–स्रोतसामु लोकप्रियता कमाएका थिए। उनी कम्युनिकेशन कर्नर, रेडियो सगरमाथालगायतमा पनि काम गरिसकेका छन्।
उनको परिवारले पहिले पनि ठूलो क्षति बेहोरेको थियो। उनका दाजु रवीन्द्र खनिया २०६५ सालमा हेलिकप्टर दुर्घटनामा निधन भइसकेको छ । प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गरी मृत्युको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ।













