जसपाका ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

User Image Prime TV News १ हप्ता अगाडि
Image of जसपाका ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) का ६ जना नेताले नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन्।

यसमा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बु (कन्दङ्वा), परशुराम बस्नेत, केन्द्रीय सल्लाहाकार सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु रहेका छन्।

जसपा भित्र नीति, सिद्धान्त र माग मिल्ने दलसँग एकीकरण वा मोर्चा बनाउने निर्णय केन्द्रीय कार्यकारिणी समितिलाई दिइएको थियो। तर कार्यकारिणीको बैठक नबोलिएको र कार्यसूची टुंगोमा नपुर्याइएको भन्दै संघीय परिषद् अध्यक्ष श्रेष्ठसहित ६ नेताले हस्ताक्षर गरेर अलग निर्णय लिएका हुन्।

उनीहरुले जारी विज्ञप्तीमा भनिएको छ, जेनजी आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा २०६२/०६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू खतरामा पर्न सक्ने भएकाले अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग मिलेर उपलब्धि रक्षा र थप उपलब्धि प्राप्तिका लागि संघर्ष गर्नुपर्ने धारणा रहेको बताएका छन् ।

सहमति अनुसार, यी ६ नेताले जसपामा रहेको आफ्ना पदीय जिम्मेवारीबाट अलग हुँदै नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण र ध्रुवीकरणतर्फ अघि बढ्ने निर्णय गरेका छन्।