राष्ट्रियसभा निर्वाचनका लागि १३ दल निर्वाचन आयोगमा दर्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा आफ्नो दर्ताको निवेदन बुझाएका छन्।
निर्वाचन आयोगका राजनीतिक महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार आइतबार साँझसम्म तोकिएको अन्तिम समयभित्र १३ दलले निवेदन बुझाएका हुन्। निर्वाचन आयोगमा दर्ता भएका दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी नेपाल लगायत रहेका छन्।
यसैगरी, प्रतिनिधिसभा निर्वाचनका लागि ५६ वटा निवेदन दर्ता भइसकेको छ। प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुँदैछ र दर्ताका लागि मंसिर १० गतेसम्म समय तोकिएको थियो। निर्वाचन आयोगले दर्ता प्रक्रिया पुरा गरी निर्वाचन तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ।













