दुर्गा प्रसाई रिहा, अदालतले गिरफ्तारीलाई संविधानविरुद्धको ठहर
Prime TV News एक महिना अगाडि 
काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाई आइतबार अदालतको आदेशपछि जेलबाट मुक्त भएका छन्। डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्न स्पष्ट आदेश दिएपछि उनी रिहा भएका हुन्।
प्रसाईका छोरा निराजन प्रसाईले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रसाईलाई अभिव्यक्तिका आधारमा पक्राउ गर्नु संविधानले दिएको मौलिक हक विपरित भएको ठहर गरेको हो ।
राजसंस्था पुनःस्थापनाको माग गर्दै अनिश्चितकालीन आन्दोलन घोषणा गरेका प्रसाईं संगठित अराजकता फैलाएको आरोपमा गत सोमबार मध्यराति घरैबाट पक्राउ परेर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा थिए ।
भक्तपुरको मध्यपुरठिमीस्थित निवासबाट पक्राउ परेयता उनीमाथि मुद्दा चलाउन चार दिनको म्याद थपिएको थियो । त्यसपछि उनको समूहले देशव्यापी आन्दोलन घोषणा गरेको थियो । तर उक्त आन्दोलन शनिबार सरकारसँगको सहमतिपछि रोकिएको थियो ।













