प्रतिनिधिसभा चुनाव: तीन दल एकै चिह्न ‘जाँतो’ लिएर संयुक्त मोर्चा बनाउँदै

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधिसभा चुनाव: तीन दल एकै चिह्न ‘जाँतो’ लिएर संयुक्त मोर्चा बनाउँदै

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्य गर्दै जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्न लिएर संयुक्त रूपमा चुनावमा उत्रिने भएका छन्।

तीन दलले आइतबार काठमाडौंमा संयुक्त सहमति पत्र जारी गर्दै जाँतो (चकिया) चिह्नलाई साझा प्रतीकका रूपमा प्रयोग गर्ने घोषणा गरे।उनीहरूले अन्य समान धारणाका समूहहरूलाई पनि यही चिह्नमा समाहित हुन खुला आह्वान गरेका छन् । 

सहमति पत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले हस्ताक्षर गरेका छन्। जाँतो चिह्न नागरिक उन्मुक्ति पार्टीमा दर्ता भएकाले यही प्रतीक साझा मोर्चाको आधार बन्नेछ।

यो घोषणा भइरहेकै दिन जनता समाजवादी पार्टीभित्र ठूलो फुट देखियो। संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना नेता पार्टी छोडेर प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीतर्फ लागेका छन् ।