उपेन्द्र यादव नेतृत्वको जसपाले सार्वजनिक गर्यो संघर्षका कार्यक्रम

User Image Prime TV News एक महिना अगाडि
Image of उपेन्द्र यादव नेतृत्वको जसपाले सार्वजनिक गर्यो संघर्षका कार्यक्रम

काठमाडौ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले संविधान संशोधन, राज्य पुनर्संरचना र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मागसहित देशभर चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।

पार्टीले मंसिर १० गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहरमा विरोध प्रदर्शन, कोणसभा र जनपरिचालन सञ्चालन गर्ने तथा मंसिर १९ र २१ गते जिल्ला प्रशासन कार्यालयअगाडि मागसहितको शान्तिपूर्ण धर्ना गर्ने कार्यक्रम घोषणा गरेको छ।

यस्तै, मंसिर २७ देखि पुस ४ गतेसम्म जिल्लास्तरीय विरोधसभा तथा जनसभा आयोजना गरिनेछ भने प्रदेशस्तरीय जनप्रदर्शन क्रमशः पुस १२ मा विराटनगर, पुस १४ मा जनकपुर, पुस १५ मा वीरगञ्ज र पुस १७ मा नेपालगञ्ज/भैरहवामा गरिने पनि जनाएको छ ।

जसपाले सम्बन्धित जिल्ला वा प्रदेश समितिले आवश्यकताअनुसार थप विरोध कार्यक्रम तय गर्न सक्ने बताउँदै आफ्नो आन्दोलन शान्तिपूर्ण तर सशक्त रूपमा अघि बढाउने घोषणा गरेको छ। सो पार्टीले प्रदेशलाई स्वायत्त र अधिकार सम्पन्न बनाउने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, पूर्ण समानुपातिक निर्वाचन व्यवस्था, राष्ट्रियसभामा जनसङ्ख्या–आधारित समानुपातिक समावेशिता तथा स्थानीय तहलाई प्रदेशको अधिकारक्षेत्रभित्र राख्ने जस्ता मागहरू उठाउँदै आएको छ।