सुन–चाँदीको मूल्य सोमबार फेरि घट्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज छापावाल सुनमा प्रति तोला १,९०० रुपैयाँ ले गिरावट आएको हो।
महासंघले सार्वजनिक गरेको विवरणअनुसार आइतबार प्रति तोला २ लाख ४४ हजार ६०० रुपैयाँ रहेको छापावाल सुन सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँमा झरेको छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र अमेरिकी डलरको मूल्य परिवर्तनले घरेलु बजारमा पनि असर पारेको व्यवसायीहरूको भनाइ छ।
सुनसँगै चाँदीको मूल्यमा पनि कमी देखिएको छ। आइतबार प्रति तोला ३ हजार १३५ रुपैयाँ रहेको चाँदी सोमबार ३ हजार ११५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। यससँगै चाँदीमा प्रति तोला २० रुपैयाँले घटेको हो।













