नेपाल जेनजी फ्रन्टले प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको बर्खास्त माग

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाल जेनजी फ्रन्टले प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको बर्खास्त माग

काठमाडौ । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेकी छन्। बमले सामाजिक सञ्जालमार्फत श्रेष्ठले नातावाद र कृपावादलाई प्रोत्साहन गर्दै आफ्नै परिवारका सदस्यहरूलाई जागिरमा नियुक्त गरेको आरोप लगाएकी छन्।

उनले यस प्रकारको कार्यले नैतिक भ्रष्टाचारको मार्ग खोल्दै जेनजी विद्रोहको मूल उद्देश्य सुसासन, पारदर्शिता र जवाफदेहिता विपरीत काम गरेको बताइन्छ । संवेदनशील समयमा नागरिक सरकारले लोकतान्त्रिक निकास दिनको लागि गरेको प्रयासमा यस किसिमका स्वार्थी गतिविधिले अपमान पुगेको उनले बताइन् ।

नेपाल जेनजी फ्रन्टले सरकारले आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्नसहित पाँच माग पनि अघि सारेको छ। फ्रन्टले नातावाद र कृपावादको प्रबृत्ति रोक्ने, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने तथा सरकारलाई सीमित व्यक्तिहरूको प्रभावबाट बचाउने आग्रह गरेको छ।