मन्त्रिपरिषद्को बैठक आज बस्ने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ।
सोमबार बस्ने यस बैठकमा सरकारले अगाडि बढाउने विभिन्न कार्यक्रम, नीति तथा निर्णयका विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा मन्त्रीहरूले महत्वपूर्ण सरकारी कार्यसूची र आगामी योजनाहरूमा समीक्षा गर्ने अपेक्षा बताइएको छ ।













