एल्चेले रियल मेड्रिडलाई २–२ गोलको बराबरीमा रोक्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । स्पेनिस ला लिगा अन्तर्गत आज बिहान सम्पन्न खेलमा एल्चेले रियल मेड्रिडलाई २–२ गोलको बराबरीमा रोकेको छ ।
एल्चेले रियललाई कडा चुनौती दिँदै बराबरीमा रोकेको हो । एल्चेका लागि एलेक्स फेबासले ५३औं र अल्भारो रोड्रिगेजले ८४औ मिनेटमा गोल गरेका थिए ।
रियल मेड्रिडका लागि डिन हुइजसेनले ७८औं र जुड बेलिङघमले ८७औ मिनेटमा गोल गरेका थिए । खेलको अन्तिम अतिरिक्त समयमा एल्चेका भिक्टर चुस्टले रातो कार्ड पाएका थिए ।













