जेनजी अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको समूह आज दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा ज्ञापन पत्र बुझाउने भएको छ। ढुंगानाका अनुसार, सरकारले आन्दोलनको मूल उद्देश्य विपरीत कार्य गरेकाले ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउन लागिएको हो।
उनले भने, “यो आदर्श श्रेष्ठ वा कुनै व्यक्तिलक्षित नभई समग्रमा सुशासनको प्रत्याभूति दिलाउने उद्देश्यले जान लागेका हौं।” ज्ञापन पत्र बुझाउने कदम प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारको नियुक्ति सम्बन्धी विवाद बाहिरिएको छ ।
जस सगै जेनजी समहुले प्रधानमन्त्री कार्कीको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री सचिवालयले भने यसको खण्डन गरेको छ ।












