खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल सोमबार निर्वाचन आयोगमा दर्ता भएको छ।
पार्टीका प्रतिनिधिहरू बाजागाजासहित आयोग पुगेका थिए र औपचारिक रूपमा दर्ता प्रमाणपत्र प्राप्त गरेका छन्। हाम्रो पार्टीले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएको थियो।
सोमबार प्रमाणपत्र प्राप्त भएपछि पार्टी आधिकारिक रूपमा दर्ता भएको छ।











