दृष्टिहीन महिला टी–२० टोली स्वदेश फर्कियो
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । श्रीलंका र भारतको संयुक्त आयोजनामा भएको पहिलो दृष्टिहीन महिला टी–२० विश्वकपमा नेपाल उपविजेता बनेको छ।
नेपाली टोली फाइनलमा भारतसँग ७ विकेटले पराजित भएको थियो। नेपालले फाइनलमा दिएको ११५ रनको लक्ष्य भारतले १२औँ ओभरमै तीन विकेटको क्षतिमा पूरा गर्दै उपाधि जित्यो।
उपविजेता बनेको नेपालले ९ लाख श्रीलंकाली रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने विजेता भारतले १५ लाख प्राप्त गरेको थियो। पुरस्कार वितरण श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाले गरे। विश्वकपमा नेपालका दुई खेलाडीले फरक–फरक क्याटेगोरीमा प्लेअर अफ द सिरिज सम्मान पाए।
‘बी–वान’ क्याटेगोरीमा सुष्मा तामाङ र ‘बी–टु’ क्याटेगोरीमा मनकेशरी चौधरी उत्कृष्ट घोषित भए। दुवैले ३७ हजार ५ रुपैयाँ पुरस्कार पाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले टोलीलाई औपचारिक स्वागत गरेका छन्।












