निर्वाचनको टिकटमा देउवाको हस्ताक्षर हुँदैन : महामन्त्री गगन थापा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गणकुमार थापाले आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टीको टिकट वर्तमान सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा नहुने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत थापाले भने,‘सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने हो?’ भनेर सोधिरहेका थिए। उनले भने, “अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुनेछ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।”
उनले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुन लागेको र त्यसअघि विशेष महाधिवेशन हुनु आवश्यक रहेको पनि स्पष्ट पारेका छन्। थापाले भने, “यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौं।”
हाल नेपाली कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन गर्ने विषयमा सहमति जुट्न सकेको छैन। सहमती जुट्न नसक्दा कांग्रेस भित्र विवाद वढ्दै गएको छ ।













