नयाँ मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले सुमनराज अर्याललाई देशको नयाँ मुख्यसचिव नियुक्त गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर सीमा पुग्दै भएकाले मंसिर ९ गतेदेखि अनिवार्य अवकाशमा जान लागेका छन्।
एकनारायण अर्याल १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका थिए। उनी अवकाशमा जाने पूर्वसन्ध्यामा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई आगामी कार्यभार सम्हाल्ने गरी नियुक्ति गरेको हो।












