जनमुक्ति सेनाको औपचारिक घोषणा भएपछि राजनीतिक रूपान्तरणको नयाँ अध्याय सुरु भयोः जनार्दन शर्मा

User Image Prime TV News १ हप्ता अगाडि
Image of जनमुक्ति सेनाको औपचारिक घोषणा भएपछि राजनीतिक रूपान्तरणको नयाँ अध्याय सुरु भयोः जनार्दन शर्मा

काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक जनार्दन शर्माले सोमबार २४ औँ जनमुक्ति दिवसको अवसरमा सहिद र जनयुद्धका योद्धाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत साझा सन्देशमा जनमुक्ति सेनालाई जनयुद्धका मूल्य, सहिदहरूको बलिदान र सामाजिक न्यायप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए। उनले भने, “२०५८ साल मङ्सिर ८ गते जनमुक्ति सेनाको औपचारिक घोषणा भएपछि नेपालमा राजनीतिक रूपान्तरणको नयाँ अध्याय सुरु भयो।”

साथै, उनले घाइते र अङ्गभङ्ग भएका व्यक्तिहरूको उचित सम्मान र सम्मानजनक जीवन यापन सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्दै परिवर्तनका लागि समर्पित सबै योद्धाप्रति सम्मान व्यक्त गरेका छन्।