तपाईको आजको राशिफल

User Image Prime TV News १ हप्ता अगाडि
Image of तपाईको  आजको राशिफल

करोमि त्वत्पूजां सपदि सुखदो मे भव विभो, विधित्वं विष्णुत्वं दिशसि खलु तस्याः फलमिति ।
पुनश्च त्वां द्रष्टुं दिवि भुवि वहन् पक्षिमृगता, मदृष्ट्वा तत्खेदं कथमिह सशे शंकर विभो ।।

हे प्रभो म आफ्नो पूजाको फल हजुरवाट नै चाहान्छु की हजुर मलाई आफ्नो चरणवाट कहिल्यै पनि अलग नगर्नुस अजुरको चरणदेखि टाढा रहेर म अरु त के ब्रह्मा र विष्णुको पदको पनि चाहान गर्दिन किनकि ब्रह्मा र विष्णुलाई पनि हजुरलाई भेटन क्रमशः हास र वराहको रुपधारण गर्नुपर्यो र पनि हजुरलाई थाहा पाउन सकेनन् त्यो ब्रह्मा र विष्णुको पद के काम जसमा रहेर हजुरवाट विछोड हुन्छ वाज आयो यस्तो वडप्पन मलाई चाहिदैन म त सानो भएर हजुरको चरणमा नै रहन चाहान्छु कृपया मलाई यहि स्थान दिनुहोस् ।

आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल मार्गशीर्षशुक्लपक्ष पञ्चमी तिथि उत्तरषाढा नक्षत्र मंसिर महिनाको ९ गते आज मंगलवार तदनुसार २५ नोभेम्वर २०२५ बब करण मानस योग, मकर राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २६ घडि २३ पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ३४ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर ७ मिनेट साझमा रहेको छ ।  आज राम सिता बिबाह पञ्चमी ।

आजको राशिफल

मेष:- व्यवहारले अरुलाई आकर्षण गर्न सकिने छ मिहिनेत गर्दा सामान्य उपलब्धि प्राप्त होला जिद्दी बानीले पहिलेकै काम दोहोर्याउनु पर्ला आफ्नो बोलीको गलत अर्थ लाग्नाले वादविवादमा पर्ने सम्भावना छ । स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ । गोपनियतामा विशेष ध्यान पुर्याउनु होला । छोटो समयमा केही लक्ष्य प्राप्त गर्न सकिने छ त्यसैले जीवनमा परिवर्तन ल्याउन सकिने छ । प्रतिद्वन्द्वीहरु पछि पर्ने छन् ।

बृष:- आफ्नावाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला प्रयत्न गर्दा यात्राको प्रक्रिया भने अघि बढनेछ समयमा होश नपुग्नाले व्यवहारमा पछि परिएला आफ्नो वानीले गर्दा कार्य विग्रन सक्छन् । आकस्मिक खर्च बढनाले अर्थ अभाव देखा पर्न सक्छ । थोरै लगानीवाट धेरै मुनाफा उठाउन सकिने छ विभिन्न भौतिक साधन जुटने छन भने मध्यान्ह पछि दिगो फाइदा हुने प्रारम्भ हुने समय छ ।

मिथुन:- पहिलेको सफलताले हौसला जगाउने छ साथै आफ्नो कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ मनग्गे धन आर्जनको समय रहेको छ विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त हुनेछ । आफ्नो व्यक्तित्वमा आफ्नै कार्यशैलीले निखारता ल्याउने छ भने नयाँ कामको प्रस्ताव आउने छ तर भौतिक साधनको कमीले भने अपठयारो पार्न सक्छ । धेरैले आफ्नो कामको प्रशंसा गर्ने छन् ।

कर्कट:- मिहिनेत गर्दा आटेको काम पूरा हुनेछ । लगनशीलताले कार्यशैलीमा सुधार आउनेछ । आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु उपयुक्त होला । नयाँ काममा हात हाल्ने समय छ सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि र व्यवसायिक काममा फाइदा हुने देखिन्छ उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ । प्रतिस्पर्धी परास्त होलान सहयोगीहरुले राम्रो साथ दिनेछन् । आटेका काममा सफलता मिल्ने छ ।

सिंह:- मिहिनेत गर्दा आटेको काम पूरा हुनेछ । लगनशीलताले कार्यशैलीमा सुधार आउनेछ । आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु उपयुक्त होला । नयाँ काममा हात हाल्ने समय छ सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि र व्यवसायिक काममा फाइदा हुने देखिन्छ उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ । प्रतिस्पर्धी परास्त होलान सहयोगीहरुले राम्रो साथ दिनृेछन् । आटेका काममा सफलता मिल्ने छ ।

कन्या:- अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला आफ्नै बेहोसिले नोक्सान पुर्याउलां फजुल खर्च बढाउन सक्छ कार्य दोहोर्याउने स्थिति आउन सक्छ । चुनौतीहरु पन्छाउदै रोकिएका कार्य बनाउन सकिनेछ । बौद्धिकताको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ समयको गतिलाई पछयाउने प्रयत्न गर्नुहोला । अपरिचित व्यक्तिको सम्पर्कवाट सतर्क रहनु होला । ठूलो समारोहमा सरिक हुने अवसर मिल्नुका साथै मान्यजनवाट आशीर्वाद मिल्न सक्ने देखिन्छ । 

तुला:- हतारको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मा सम्मानका लागि मौन रहनु बेश होला बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्ने छ । भावनालाई बुझ्न नसक्दा शुभचिन्तकहरु टाढिन सक्छन् । ठूलो आशा देखाउनेहरुवाट सावधान रहनुहोला । केही खर्च बढेपनि धैर्य साथ गरिएकोृ कुुशल व्यवहारले फाइदा दिलाउने छ । सामान्य आम्दानी भएपनि अर्थ अभावले सताउन सक्छ । मध्यान्हपछि वादविवादवाट टाढै रहन सके फाइदा मिल्ने छ ।

बृश्चिक:- आत्तिने बानीले काम विग्रिनुका साथै हातमा आएको मौका गुमाउनु पर्ला । आफूले बोलेको बोलीको गलत अर्थ लाग्नाले विवाद परिने छ मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ स्थायी सम्पतिमा पनि विवाद आउन सक्ने सम्भावना देखिन्छ अध्ययनको लगनशीलताले सोचे जस्तो परिणाम नआउन सक्छ । परिवारजनले दिइएका कुराहरुलाई सोच विचार गरेर अघि बढनु उपयुक्त हुनेछ । उपब्धिका लागि केही समय प्रतिक्षा गर्नुहोला ।

धनु:- सहयोगीहरुले हात झिक्नाले समस्यामा परिने देखिन्छ जिम्मेवारी प्राप्त भएपनि फाइदा लिन केहि संघर्षृ समेत गर्नुपर्ला बेलामा होस नपुर्याउदा अप्ठयारा चुनौतीहरु आउन सक्छन् । आफ्ना अवसरका लागि जोखिमपूर्ण काममा लाग्नुपर्ला । इष्र्या गर्नेहरु प्रतिस्पर्धामा आउन सक्छन् । तापनि मिहिनेतले अवसरहरु प्राप्त हुनेछ अग्रजहरुको मार्गदर्शनमा लाभदायक रहेको छ । लगनशीलताले प्रतिष्ठित कार्य गर्ने मौका पाइने छ रमाइलो जमघटका साथ स्वादिष्ट भोजनको आनन्द पाइएला ।

मकर:- विना सोचेर अरुलाई बचन दिने बानीले अप्ठयारोमा पार्न सक्छ ईष्या गर्ने हरुले सताउन सक्छन महत्वकाक्षी योजना गोप्य राखेर अगाडी बढदा राम्रो हुनेछ । आफ्नो बुद्धीको उपयोगले जटिल ठानिएका कार्य पनि सहज रुपमा बन्ने छन् । आजको श्रमवाट पछिलाई फाइदा पुग्न सक्छ । मनमा डर बनिरहने छ । परिवारमा मान्यजनको सहयोग लिएर केही काम गर्दा सफलता मिल्ने छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला । चोटपटक लाग्न सक्ने सम्भावना छ ।

कुम्भ:- अरुको बारेमा चासो र।ख्दा स्वयं समस्यामा परिएला अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ । नवीन कार्यको सुरुवात हुन सक्नेछ । कार्य सम्पादन भएतापनि तत्काल आम्दानीको आशा नराख्नु उपयुक्त हुनेछ आफन्तजनको सुझावलाई वेवास्ता नगर्नुहोला समयको गतिलाई पछयाउने प्रयासगर्नुहोला बौद्धिकताको उपयोगद्धारा लक्ष्यमा पुग्न सकिएला । फजुल खर्च गर्नवाट सतर्क रहनु होला प्रयत्न गर्दा प्रतिफल राम्रै प्राप्त हुने योग देखिन्छ ।

मीन:- जिम्मेवारी प्राप्त भएपनि उपलब्धिका लागि प्रतिक्षा गर्नु होला छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउ सक्नेछ । अवसर आएपनि काममा हात हाल्नु अघि विचार पुर्याउनु होला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका कार्य बन्नेछन् । थोरै लाभ भएपनि आवश्यकता पूरा हुनेछ । मध्यान्ह देखि साथीभाई सँग सन्तुलित व्यवहार गर्नु होला आफन्तहरु टाढिन सक्छन् । चिताएको कार्य विग्रने डरले सताउनेछ । पहिले दिएको वचनले अप्ठयारो पार्न सक्छ । 

– ज्यो.आचार्य घटराज निरौला