मंगलबार सुन–चाँदीको मूल्यमा फेरि उकालो, एकैदिन सुन ५२०० सयले बढ्यो

User Image Prime TV News एक महिना अगाडि
Image of मंगलबार सुन–चाँदीको मूल्यमा फेरि उकालो, एकैदिन सुन ५२०० सयले बढ्यो

काठमाडौ । घरेलु बजारमा मंगलबार सुन–चाँदीको मूल्य पुनः वृद्धि भएको छ। केही दिन यता घट्दो क्रममा रहेको सुन चाँदीको वजार आज भने फेरि उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबारका लागि महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन सुन २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी हेर्दा आज एकैदिन सुन ५ हजार २ सय रुपैयाँले महँगिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि आज वृद्धि भएको छ। मंगलबार चाँदी तोलामा ८५ रुपैयाँले बढेर ३ हजार २ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य ३ हजार १ सय १५ रुपैयाँ थियो। चाँदी पनि असोज ३१ गते इतिहासकै उच्च ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोला पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता तथा भूराजनीतिक तनावले बहुमूल्य धातुको मूल्यमा प्रभाव पारिरहेको व्यवसायीहरूको भनाई छ ।