प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि एमालेले गर्यो दल दर्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको छ।
निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले आयोगमा निवेदन पेश गरी दर्ता प्रक्रिया पूरा गरेका छन्। आयोगका प्रमुख आचार्यका अनुसार, एमाले सबै प्रकारका चुनावमा कानूनी प्रक्रिया पूरा गर्ने पार्टी भएकाले प्रतिनिधि सभा निर्वाचनकोलागि दर्ता गरिएको हो।
प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने अन्तिम मिति मंसिर १० तोकिएको छ। सोमबारसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दर्ता गरिसकेका थिए भने एमाले ६६ नम्बरमा दर्ता भएको छ। यससँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या हाल १३५ पुगेको छ।












