सिंहदरबार प्रवेश गर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटायो

User Image Prime TV News ६ दिन अगाडि
Image of सिंहदरबार प्रवेश गर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटायो

काठमाडौ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेका जेनजीको समूहलाई प्रहरीले रोक्दै त्यहाँबाट हटाएको छ। सुरक्षा ख्याल गर्दै खटिएको प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेकाले उनीहरुलाई रोक्नुपरेको वताएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए अनुसार जेनजी समूहलाई त्यहाँबाट हटाइएको मात्रै नभई अनामनगरको भाटभटेनीसम्म पनि प्रहरीले दूरी कायम गराएको छ । 

जेनजीहरुको एउटा समुहले हिजो प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन खोजेको थियो । तर प्रधानमन्त्री कार्कीले समय ब्यस्थताका कारण जेनजी समुहलाई भेटगरेकी थिइनन् । तर प्रधानमन्त्रीले भेटकालागि समय नदिएको भन्दै जेनजी समुहले आफ्नो ज्ञापनपत्र सिंहदरवार गेटमा टाँसेर विरोध जनाएका थिए ।

सोही अनुरुप आज पनि तिनै जेनजी युवा समुहले प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउने भन्दै सिंहदरवार प्रवेश गर्न खोजेपछि उनीहरुलाई प्रहरीले रोकेको थियो ।