प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै एमाले सर्वोच्च पुग्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ।
मंगलबार एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले निवेदन पेश गरेका हुन्। बर्तौलाले भने, ‘असंवैधानिक रूपमा विघटित प्रतिनिधि सभाको पुनर्स्थापनाको मागसहितको रिट निवेदन नेकपा एमाले संसदीय दलको तर्फबाट सर्वोच्च अदालतमा पेश गरिएको हो।’
गत भदौ २७ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए। प्रतिनिधि सभा विघटन संगै राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रतिनिधि सभा विघटन गर्न आपूले सिफारिस नगरेको दावी गर्दै आएका छन् ।
कार्की नेतृत्वमा सरकार गठन भए संगै आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको थियो। नेकपा एमालेले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै विरोध गर्दै आएको छ।













