निर्वाचन प्रयोजनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी आयोगमा दर्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टीले आज निर्वाचन आयोगमा आफ्नो दल दर्ता गरेको छ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठले भने, “हालको राजनीतिक अवस्था र यथास्थितिमा हुने निर्वाचनले मुलुकको निकास सम्भव नहुने स्पष्ट छ। तथापि, जिम्मेवार र प्रजातान्त्रिक दलको हैसियतले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु उचित नहुने भएकाले निर्वाचन प्रयोजनका लागि हाम्रो दल दर्ता गरिएको हो।”
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुने गरी मिति तोकिएको छ। आयोगले दलहरूले मंसिर १० भित्र आफ्नो दर्ता निवेदन बुझाइसक्नुपर्ने नियम तोकेको छ।












