नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको विशेष सभा गर्ने

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको विशेष सभा गर्ने

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षधरहरूले बुधबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा विशेष सभा आयोजना गरेका छन्। सभा दिउँसो १ बजेदेखि सुरु हुने बताइएको छ । सभा विशेष महाधिवेशनको मागलाई प्रवर्द्धन गर्ने र केन्द्रीय समिति बैठकअगाडि दबाब सिर्जना गर्ने उद्देश्यले विशेष सभा आयोजना गरेको बताइएको छ ।

नेता गुरुराज घिमिरेले सभा सशक्त र प्रभावकारी हुने बताएका छन्। नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले भने, “पुराना नेता देखि नयाँ पुस्तासम्मका व्यक्तिहरूले विशेष महाधिवेशनको पक्षमा विचार राख्नेछन्। काठमाडौं बाहिरबाट समेत हस्ताक्षरकर्ताहरू सहभागी हुने क्रम जारी छ।”

विशेष महाधिवेशनको मागका लागि कांग्रेसका २४९९ प्रतिनिधिले हस्ताक्षर सहित लिखित प्रस्ताव पेश गरेका छन्। २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई यो लिखित प्रस्ताव बुझाइएको थियो। कांग्रेस विधानअनुसार प्रस्ताव पेश गरेको मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। 

तर नेपाली कांग्रेसको केन्द्रीय समितिले निर्वाचन अघि महाधिवेशन कि निर्वाचन पछि भन्ने विवाद हुँदा टुङ्गोमा पुग्न सकेको छैन ।