मन्त्रीपरिषद्मा महिला प्रतिनिधित्वका लागि प्रयास गरेको छुः प्रधानमन्त्री कार्की
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीपरिषद्मा महिला प्रतिनिधित्वका लागि प्रयास गरेको बताएकी छन् ।
मंगलबार सिंहदरबारमा महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले अनुभवका आधारमा मन्त्रीपरिषद्मा मन्त्रीहरु चयन गरिएको भन्दै महिला प्रतिनिधित्वकालागि पनि प्रयास गरेको बताइन् ।
राज्यका अन्य निकायमा महिला प्रतिनिधित्व सुनिश्चितताका लागि सरकार गम्भीर रहेको उनले बताइन् । प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरुले पनि महिला प्रतिनिधित्वमा ध्यान दिन नसकेको उल्लेख गर्दै महिलाहरू राजनीतिमार्फत नीति निर्माण तहमा पुग्ने सके मात्रै महिलाका सवालमा निर्णय गर्न सकिने बताइन् ।
प्रत्येक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियान मनाइने गरिन्छ ।













