नेप्से परिसूचक मंगलबार सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेर कारोबार भएको छ।
अघिल्ला दुई दिन उच्च अंकले बढेको परिसूचक आज सामान्य अंकले ५.३२ बिन्दुले बढेर २६५५.९९ विन्दुमा पुगेको छ। आज सेयर कारोबार भएका ३१९ कम्पनीमध्ये १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ कम्पनीको सेयर मूल्य घटेको छ।
‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स १.३९ अंकले बढेर ४५७.५३ विन्दुमा पुगेको छ। बजारका १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ। तर, परिसूचक बढे पनि कारोबार रकममा गिरावट आएको छ।
अघिल्लो दिन ७ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ८२ करोड रुपैयाँभन्दा माथिको कारोबार मात्र भएको छ। आज ३१९ कम्पनीका १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर १ लाख २ हजार ६४२ पटक खरिद–बिक्री हुँदा कुल ५ अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ रुपैयाँको कारोबार भएको छ।
आज बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागू भएको छ।













