जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ शीतल निवासमा

User Image Prime TV News एक बर्ष अगाडि
Image of जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ शीतल निवासमा

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको भए पनि उनी केही समय ढिलो गरेर मात्रै शीतल निवास प्रवेश गरेका हुन्। गुरुङले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै राष्ट्रपति समक्ष दबाब प्रस्तुत गर्ने तयारी गरेका छन्।

उक्त माग जेनजी आन्दोलनसँग आवद्ध विभिन्न समूहहरूको तर्फबाट राखिएको हो। शीतल निवासमा गुरुङको भेटवार्ताको उद्देश्य र राष्ट्रपति कार्यालयको आधिकारिक प्रतिक्रिया हालसम्म सार्वजनिक भइसकेको छैन।

जेनजीहरुले संसद विघटन गरि कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउनु पर्ने अडनमा छन् । राजनीतिक दलका नेताहरुले कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन स्विकार गरेपनि संवैधािनक प्रक्रिया अनुसार हुनुपर्ने वताउँदै आएका छन् । संसद विघटन गर्ने कि नगरि संवैधानिक प्रक्रिया अनुसार अघि वढ्ने भन्ने ववादले कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन प्रक्रिया लम्विएको छ ।