एकता सन्देश सभाले निर्वाचनमा सकारात्मक दबाब सिर्जना गर्नेछः प्रचण्ड
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले आगामी दिनमा आयोजना गर्न लागेको एकता सन्देश सभाले निर्वाचन तयारीमा महत्वपूर्ण दबाब सिर्जना गर्ने बताएका छन्।
उनले एकता सभाले पार्टीभित्रको एकता सुदृढ रहेको सन्देश मात्रै नदिई जनस्तरमा राजनीतिक प्रक्रिया र निर्वाचनप्रतिको समर्थनमा सकारात्मक धारणा निर्माण गर्ने बताए । प्रचण्डले भने, “हामी एकता सन्देश सभामार्फत जनतामा स्पष्ट सन्देश दिन चाहन्छौँ। यसले आगामी निर्वाचनलाई प्रभावकारी बनाउन आवश्यक दबाब सिर्जना गर्नेछ।”
संयोजक प्रचण्डले पार्टीभित्र मात्र होइन, व्यापक राजनीतिक वृत्तमा पनि एकता र स्थिरताको सन्देश प्रवाह गर्ने प्रतिबद्धता पनि दोहोर्याएका छन्। नेपाली कम्युनिष्ट पार्टीले एकताको सन्देश दिन प्रदेश हुदै स्थानीय तह सम्म एकता सभा गर्ने निर्णय गरि सकेको छ ।












