मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, विशेष आर्थिक क्षेत्रका पुराना मापदण्ड खारेज (सूची सहित)
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बैठकका निर्णयबारे जानकारी सरकारी प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत दिए।
सरकारका अनुसार, मन्त्रिपरिषद्ले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गरेको छ। नयाँ संरचना र सञ्चालन मोडालिटी तयार हुन लागेसँगै, उक्त क्षेत्रमा मासिक भाडादर प्रतिवर्ग मिटर ५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरिएको छ।
ऊर्जा क्षेत्रको अन्तर्राष्ट्रिय समन्वयलाई लक्षित गर्दै बैठकले विद्युत नियमन आयोगलाई South Asia Infrastructure Regulation (SAIR) को सदस्यता दिलाउन स्वीकृति प्रदान गरेको छ। मन्त्रालयका अनुसार, यस कदमले ऊर्जा क्षेत्रको नीतिगत समन्वय र क्षेत्रीय साझेदारीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै, मन्त्रिपरिषद्ले नेपाल प्रहरीको विद्यमान दरबन्दीभित्रै पद–मिलान तथा कार्यालय संरचना समायोजन गर्न निर्णय गरेको छ। यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरेर आवश्यक कार्य प्रारम्भ गर्ने स्वीकृति दिइएको प्रवक्ता खरेलले बताए।
मन्त्रिपरिषद् बैठकका निर्णयः–












