टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपालले समूह चरणमै शक्तिशाली टोलीहरूको सामना गर्नुपर्ने

User Image Prime TV News एक महिना अगाडि
Image of टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपालले समूह चरणमै शक्तिशाली टोलीहरूको सामना गर्नुपर्ने

काठमाडौ । आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले तालिका सार्वजनिक गरेसँगै नेपालले समूह चरणमै शक्तिशाली टोलीहरूको सामना गर्नुपर्ने निश्चित भएको छ।

नेपालले आफ्नो अभियान फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध सुरु गर्नेछ। यो खेल निकै भारी छ, किनकि इंग्ल्यान्ड टी–२० क्रिकेटको बलियो र निर्मम प्रतिद्वन्द्वी मानिन्छ। नेपालले विश्वकपको पहिलो कदममै विशाल चुनौती ब्यहोर्नुपर्ने भएको छ ।

नेपालको दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग हुनेछ र यो प्रतिस्पर्धा नेपालका लागि जित्नैपर्ने प्रकृतिको मानिएको छ। त्यसपछि फेब्रुअरी १५ मा नेपाल वेस्ट इन्डिजसँग भिड्नेछ । चौथो खेल फेब्रुअरी १७ मा बंगलादेशविरुद्ध हुनेछ । 

नेपाल तेस्रोपटक टी–२० विश्वकप खेल्दैछ। यस यात्रामा पुगेको उपलब्धि गर्विलो भए पनि, समूह चरणमै नेपाललाई अग्निपरीक्षाजस्तै कठिन भिडन्तले पर्खिरहेको छ।