जसपाको आन्दोलन: आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

User Image Prime TV News एक महिना अगाडि
Image of जसपाको आन्दोलन: आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौ । जनता समाजवादी पार्टी नेपालले आज देखि संघर्षका कार्यक्रम सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकपछि संघर्षका विस्तृत कार्यक्रम सार्वजनिक गरे अनुसार जसपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ।

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइने वताइएको छ  ।

पार्टीले मङ्सिर ११ देखि १५ गतेसम्म देशभरका संसदीय निर्वाचन क्षेत्रहरूमा विरोध कार्यक्रम र कोणसभा गर्दै जनपरिचालन गर्नेछ। मङ्सिर १९ र २१ गते प्लेकार्ड र ब्यानरसहित जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना हुने सो पार्टीले जनाएको छ ।